राष्ट्रिय सभा गठन अध्यादेशको विवादले सरकार गठनमा ढिलाई

काठमाडौं, पुस ४ । राष्ट्रिय सभा गठन सम्बन्धि अध्यादेशको बिषयलाई लिएर दलहरुबीच विवाद बढ्दै गएको छ । राष्ट्रिय सभा गठन एकल संक्रमणिय मतका आधारमा गर्ने वा बहुमतिय आधारमा भन्ने बारेमा एमाले र कांग्रेसबचि मतभेद देखिएको हो ।

माओवादी केन्द्रले भने यसलाई राजनीतिक तवरले नै समाधान गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ । नेकपा एमालेले भने कांग्रेसले संविधान विपरितको व्यवस्था सहितको अध्यादेश राष्ट्रपतिलाई जारी गराउन बाध्य बनाएर संविधानको उल्लङघन गर्न खाजेको आरोप लगाएको छ ।

नेपाली कांग्रेसले अध्यादेश रोकेर राष्ट्रपतिले असंवैधानिक काम गरेको टिप्पणी गरेको छ । कांग्रेस नेता शेखर कोईरालाले राष्ट्रपतिले राष्ट्रिय सभा गठन सम्बन्धि अध्यादेश स्वीकृत गर्नुको विकल्प नरहेको बताउनुभयो । राष्ट्रिय सभा गठनपछि कांग्रेसले स्वभाविक रुपमा सरकार छोड्ने उहाँको भनाई छ ।

राष्ट्रिय सभा निर्वाचन पद्धति बहुमतीयबाट गर्ने या एकल संक्रमणीय मतका आधारमा गर्ने भन्नेमा सुरुदेखि नै कांग्रेस एकातिर, एमाले र माओवादी केन्द्र अर्कोतिर थिए । व्यवस्थापिका संसद्बाट पारित हुन नसकेको विधेयक सरकारले एकल संक्रमणीय मतलाई अध्यादेशमार्फत राष्ट्रपतिकहाँ पठाएपछि फेरि विवाद देखिएको छ । त्यही विवादले निर्वाचन परिणाम बुझाउनेदेखि–सरकार गठनमा समेत ढिलाई भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *