‘स्थानीय स्रोत परिचालनबाटै रोजगारी सृजना’
मकालु खबर
२०७४ जेठ १५ गते
“
पुस ४, काठमाडौं । मुलुक संघीय संरचनामा प्रवेश गरेकाले अब आगामी दिनमा जनताको जीवनस्तरमा पनि सुधार आउने अर्थविद्हरुले बताएका छन् ।
मुलुकमा तीनओटै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाले अब जनचाहना बमोजिम स्थानीय एवं प्रादेशिक तहमा आर्थिक विकासका ढोका खुलेको उनीहरुको तर्क छ ।
आज आर्थिक पत्रकार समाज (सेजन) ले राजधानीमा गरेको कार्यक्रममा सहभागी अर्थविदहरुले स्थानीय स्रोत परिचालनबाट रोजगारी र आयस्तरमा वृद्धि हुनुका साथै सार्वजनिक सेवामा सुधार आउने अपेक्षा गरेका हुन् ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नयाँ जनमतसहितको सरकारले संविधानले मार्गनिर्देशक गरेका सबै संरचना निर्माण गर्नुपर्ने भएकाले गुणस्तरीय मानवसंशाधन परिचालन गर्न मार्गप्रशस्त गरेको बताए ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित