आयोगले प्रदेशसभाको समानुपातिकतर्फको परिणाम आज निकाल्ने

काठमाडौं, पुस ६ । निर्वाचनआयोगको प्रदेशसभाको समानुपातिकतर्फको परिणाम आजनिकाल्ने भएको छ । पाएको मतकाआधारमा समानुपातिको सिट बाँडफाड गर्ने आयोगले जनाएको छ । सातवटै प्रदेशको समानुपातिकतर्फका सम्पूर्ण परिणामको प्रस्तावआजआयोगमा पेश हुने र त्यसअनुसार सिट बाँडफाँड गर्ने आयोगले जनाएको छ ।

समानुपातिकतर्फका निर्वाचन अधिकृत एवं आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले प्रदेशको परिणाम निकाल्ने काम आजसम्म सकाउने लक्ष्य राखिएको जानकारी दिनुभयो । आज साँझसम्म नभए भोलि दिउँसोसम्म सकिने उहाँको भनाई छ । आयोगसमक्ष पेस गरिने प्रस्तावमा प्रदेशगत रूपमा कुन दलले कति मत पाए, कुल मतको डेढ प्रतिशत थ्रेस होल्ड कटाएकामध्ये कुनदलले कति सिट पाउने, डेढ प्रतिशतमत नकटाएका दल र तिनले पाएको मतलगायत विवरण समेटिनेछन् । प्रतिनिधिसभातर्फ समानुपातिकको परिणाम दिन संवैधानिक र कानुनी जटिलता आएपछि आयोगले प्रदेशसभाको परिणाम पहिले सार्वजनिकगर्न लागेको हो ।

प्रदेशसभामा ५३ वटा राजनीतिकदलले चुनावीप्रतिस्पर्धा गरेका छन् । प्रदेशअनुसार दलहरूको संख्याभने फरक छ । कुल सदर मतको डेढ प्रतिशतमतल्याउने राजनीतिकदलमात्रै सम्बन्धित प्रदेशसभामा समानुपातिकतर्फबाट सिट पाउन योग्य मानिन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *