देउवाले अहिल्यै किन सरकार छाड्ने ?

पुस ६, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल सरकार छाड्न नमिल्ने बताएका छन् । महतले राष्ट्रिय सभासम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले तत्काल स्विकृत गर्नुपर्ने जिकिर पनि गरे ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महतले भने,‘अहिले हाम्रो ठाउँमा एमाले–माओवादी केन्द्र हुन्थे भने राष्ट्रपतिले किन अध्यादेश स्वीकृत नगरेको भनेर नारा र जुलुस निस्किन्थ्यो ’ ।

सरकारमा बसिरहने रहर नभएको जिकिर गरे । उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि हामी सरकार छाड्छौं, संविधानलाई लत्याएर देश चल्छ ?’

उनले अहिले प्रधानमन्त्री देउवाले राजीनामा नदिने जिकिर गर्दै भने, ‘उहाँले अहिले सरकार छोड्दै छोड्न हुन्न ।’

निर्वाचन आयोगले मतगणना गर्न सजिलो हुन्छ भनेर मात्र राष्ट्रियसभा निर्वाचनमा बहुमतीय प्रणाली प्रस्ताव गरेको बताए । उनले भने, ‘प्रचण्डजीले सहमति खोज्ने कुरा गर्नुभएको छ, तर एमाले अध्यक्ष केपीओलीजीले त हामीले जे चाहन्छौं अब त्यही हुन्छ भन्दै हुनुहुन्छ, यो अहंकार हो ।’

स्थानीय तहको परिणाम आएपछि कांग्रेसले एकल संक्रमणीय व्यवस्था प्रस्ताव गरेको भन्नु गलत भएको उनले बताए ।कांग्रेस नेता महतले राष्ट्रपतिले जति अध्यादेश रोक्यो त्यति नै संवैधानिक जटिलता उत्पन्न हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *