व्यवसायीसँग ‘हप्ता अशुल्ने’ ईन्स्पेक्टर कारबाहीमा

काठमाडौं, माघ २८ । होटल व्यवसायीसँग पैसा असुलेको अभियोगमा महानगरीय प्रहरी प्रभाग पुल्चोकका इन्स्पेक्टर गोविन्द पन्थी कारबाहीमा परेका छन् । प्रहरी प्रधान कार्यालयले पन्थीलाई प्रधान कार्यालय तानेर कारबाही अगाडि बढाएको हो ।

उनले व्यवसायीसँग रेट नै तोकेर पैसा उठाउने गरेको उजुरी परेपछि उनी कारबाहीमा परेका हुन् । प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले इन्स्पेक्टर पन्थीलाई प्रधान कार्यालयमा तानेर निलम्बनका लागि गृह मन्त्रालयलाई पत्र लेखिएको जानकारी दिए । पन्थीले व्यवसायीसँग पैसा असुलेको गुनासो पहिलेदेखि नै आउने गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *