जिसस बैतडीको प्रमुखमा कांग्रेसका उम्मेद्धार भट्ट निर्विरोध निर्वाचित

बैतडी साउन २४ ।  जिल्ला समन्वय समिति बैतडीको प्रमुखमा नेपाली काँग्रेसका सिद्धराज भट्ट निर्विरोध निर्वाचित भएका छन् । प्रमुख पदका लागि काँग्रेसकै सिद्धराज भट्ट र गजेन्द्रबहादुर चन्दको उम्मेदवारी परेको थियो । तर एउटै पार्टीबाट दुईजना उम्मेदवार बन्न नपाउने भएकाले चन्दको उममेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत धु्रवकुमार शाहले जानकारी दिए ।

यसैगरी दलित तथा अल्पसंख्यक सदस्यमा काँग्रेसकै टेक लुहार पनि निर्विरोध निर्वाचित भएको छ । ती पदका लागि कसैले उम्मेदवारी नदिदाँ उनी निर्विरोध निर्वाचित भएका हुन् । नौ सदस्यीय जिल्ला समन्वय समितिमा उपप्रमुख तथा तीन खुला र तीन महिला सदस्यका लागि साउन २९ गते निर्वाचन हुदैछ ।

सो निर्वाचनमा काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेको छ । एमालेले पनि केहि पदमा उम्मेदवारी दर्ता गराएको छ । उपप्रमुख पदका लागि नेकपा माओवादी केन्द्रबाट धनबहादुर बोहरा र एमालेबाट लक्ष्मणदत्त भट्टको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै तीनजना खुला सदस्यमा काँंग्रेसबाट रमेशबहादुर बोहरा, लालबहादुर चन्द र जगुवा भण्डारीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै खुला सदस्यमा एमालेबाट हरिसिंह महराले उम्मेदवारी दर्ता गराएको छ । यसैगरी तीन महिला सदस्यका लागि कांग्रेसबाट हरू जोशी र गीता जोशी तथा माओवादी केन्द्रबाट कुमारी हेमा भट्ट कपाडीको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल २० मतमध्ये कांग्रेस र माओवादी केन्द्र गठबन्धनको १२ र एमालेसंग ८ मत रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *