नेपालको शिक्षामा जापानले सहयोग गर्ने
“
काठमाडौँ, १६ असार । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठसँग आज नेपालका लागि जापानी राजदूत मासासी ओगावाले शिष्टाचार भेट गरी नेपालको शिक्षा क्षेत्र र विद्यालय पुनः निर्माणमा थप सघाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सिंहदरबार स्थित शिक्षा मन्त्रालयमा भएको सो भेटमा जापान सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रम र भूकम्पबाट प्रभावित जिल्लामा विद्यालय पुनः निर्माणमा थप सहयोगको प्रतिवद्धता जनाएको मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले जानकारी दिनुभयो ।
जापान सरकारको सहयोगमा हालसम्म २८३ विद्यालय निर्माण भइसकेको छ भने करिब पाँच सय विद्यालय निर्माणाधीन छ । भेटमा उपप्रधानमन्त्री श्रेष्ठले विनाशकारी भूकम्पपछि जापान सरकारले राहत, पुनःस्थापना र विद्यालय भवन निर्माणमा गरेको सहयोगप्रति धन्यवाद दिँदै जापानको शिक्षा विकास, प्रविधि र प्रगतिबारे नेपाली विद्यार्थीले अध्ययन र सिक्नसक्ने थप वाताववरण निर्माण गर्न आग्रह गर्नुभयो । रासस
“