धरानको विजयपुरमा दुईमुखे अचम्मको बाच्छी जन्मिएपछि
मकालु खबर
२०७४ जेठ १५ गते
भरतराज शर्मा(गोपाल)
धरान, माघ १४ । धरान–१४ हात्तिसारमा अचम्मको बाच्छी जन्मिएको छ । दुईवटा टाउँको र मुख भएको बाच्छी हिजो जन्मिएको हो । इन्द्रबहादुर कटुवालको घरमा पहिलो पटक यस्तो खाल्को बाच्छी जन्मिएको हो ।
दुईवटा मुख भएको बाच्छी जन्मिएपछि हिजो दिउसो बाच्छी हेर्न मानिसहरुको भिड लागेको थियो । बाच्छी सामान्य नै रहेको इन्द्रबहादुरको छोरा जीवन कटुवालको भनाई छ ।
उनका अनुसार बाच्छीको दुईवटा जिब्रो र ३ वटा आँखा रहेका छन् । नियालेर हेर्दा ४ वटा आखा देखिन्छ । कटुवालले भन्नुभयो ‘सबैले अचम्म मान्दै हेर्नेहरुको भीड लागेको छ । हिजो बिहान १० बजे बाच्छी जन्मिएको हो । उहाका अनुसार १५–२० वर्षदेखि गाईपालन गरिरहेको भए पनि यस्तो खाल्को बाच्छी जन्मिएको पहिलो हो ।
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित