नेपाली कांग्रेस कञ्चनपुरले प्रदेश र प्रतिनिधी सभाका लागि उमेदवारको नामावली केन्द्रमा पठायो
बिष्णु जोशी
कन्चन्पुर असोज २१ । नेपाली कांग्रेस कञ्चनपुरले प्रदेश र प्रतिनिधी सभाका लागि आकांक्षी रहेका २ सय ८ जना उमेदवारको नामावली केन्द्रमा पठाएको छ । जिल्ला कमिटिको बैठकपछि शुक्रबार नेपाली कांग्रेस कञ्चनपुरले उमेदवारको नामावली पठाएको हो ।
विभिन्न क्षेत्रका निर्वाचन समितिबाट सिफारिस भएर आएका सबै नामलाई जस्ताको त्यस्तै जिल्ला कमिटिले समेत केन्द्रमा पठाएको कांग्रेस कञ्चनपुरका पार्टी सभापति हरि प्रसाद बोहराले जानकारी दिनुभयो । प्रदेश र प्रतिनिधी सभाको निर्वाचनका लागि समेत आकाक्षीं धेरै भएकाले समेत जिल्लामा मिलाउन कठिन हुने भएकाले सबै नामहरु केन्द्रमा पठाईएको नेपाली काँग्रेस कञ्चनपुरले जनाएको छ ।
नेपाली कांग्रेस कञ्चनपुरले पठाएको नामावलीमा धेरै जसो युवाहरुको नाम बढि रहेको छ । प्रतिनिधी सभाका लागि यसअघि नेताद्वय रमेश लेखक र एनपी साँवदको नाम सर्वसम्मत हुने बतार्ईएपनि सबैको नाम पठाईएको छ । पूर्वमन्त्री एंव हाल सांसद रहेका रमेश लेखकको नाम प्रतिनिधी सभाका लागि निर्वाचन क्षेत्र नम्बर ३ बाट पठाईएको छ । ३ बाट हाल साँसद रहेका बहादुरसिंह थापा र प्रेम विष्टको नाम समेत सिफारिस गरिएको छ ।
समानुपातिक तर्फ तारणीदत्त चटौत सहित ४ जनाको नाम पठाईएको छ । पूर्वमन्त्री एंव हाल सांसद रहेका एनपी सावदको नाम निर्वाचन क्षेत्र नम्बर २ बाट पठाईएको छ । उनीसंगै कञ्चनपुरका पार्टी सभापति हरिप्रसाद बोहरा, साँसद बहादुर सिंह थापा र भवानीदत्त भट्टको नाम समेत सिफारिस भएको छ । समानुपातिक तर्फ साँसद बहादुर सिंह थापा सहित ६ जनाको नाम सिफारिस गरिएको छ । निर्वाचन क्षेत्र नम्बर १ बाट साँसद दिवानसिंह विष्ट, गोपाल गुरुङ्ग, चन्द्र बहादुर सिंह र लभबहादुर शाहीको नाम प्रत्यक्ष तर्फका लागि सिफारिस गरिएको छ समानुपातिक तर्फ शेरबहादुर विक सहितका ९ जनाको नाम पठाईएको छ ।
प्रदेश सभाका लागि निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ हरेन्द्र विष्ट, गोपि उपाध्याय, रामलाल राना सहित १७ जना र समानुपातिक तर्फ लालबहादुर रावत, प्यारेलाल राना सहित १५ जनाको नाम पठाईएको छ । २ नम्बर निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तर्फ भरत विष्ट, विन्दु श्रेष्ठ सहितका ८ जना र समानुपातिक तर्फ ठाकुर प्रसाद बराल, तोयप्रसाद शर्मा सहितका १० जनाको नाम सिफारिस गरिएको छ । ३ नम्बर निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तर्फ मिनबहादुर सिंह, सिद्धराज भट्ट सहित १५ जना र समानुपातिकतर्फ कल्पना पन्त, धर्मा विष्ट सहित १३ जनाको नाम सिफारिस गरिएको छ । ४ नम्बर निर्वाचन क्षेत्रबाट साँसद बहादुर सिंह थापा, हरि प्रसाद बोहरा, भोजराज बोहरा सहित ९जनाको नाम प्रदेश सभाको प्रत्यक्षका लागि र समानुपातिकका लागि भैरवसिंह ऐर, मधु बोहरा सहितका २७ जनाको नाम सिफारिस गरिएको छ ।
५ नम्बर निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तर्फ यज्ञराज जोशी, बहादुर सिंह थापा, पदम बोगटी सहित १३ जना र समानुपातिक तर्फ मधु भारती, सुरेन्द्र बहादुर विष्ट, गौराज बहादुर लिम्बु सहितका २३ जनाको नाम सिफारिस गरिएको छ । निर्वाचन क्षेत्र नम्बर ६ का लागि गोपाल दत्त भट्ट, बेलबहादुर राना, तारादत्त अवस्थी सहितका १० जना र समानुपातिकका लागि कल्पना केसी, शारदा चन्द सहितका १८ जनाको नाम सिफारिस गरिएको छ।।
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=99' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2349