एयर एसियाको विमानमा चरा ठोकिएपछि यात्रुहरुको रुवावासी
मकालु खबर
२०७४ जेठ १५ गते
“
एजेन्सी । अष्ट्रेलियाबाट मलेसियाको क्वालालम्पुरका लागि उडान भरेको एयर एसियाको बिमानमा चरा ठोकिएपछि आपतकालीन अवतरण गराइएको छ । ३ सय ५९ जना यात्रु रहेको एयर एसियाको बिमान उडान भरे लगत्तै इन्जिनमा ठूलो आवाज आउनुका साथै बिमानमा स्पार्क भएपछि यात्रुहरुबीच रुवावासी चलेको थियो ।
बिमानमा खराबी आएपछि चालक दलले बिमानलाई अष्ट्रेलियाको ब्रिसबेनमा अवतरण गराएको हो । बिमान अवतरणपछि बिमानस्थलमा दुई वटा चरा भेटिएका थिए ।
बिमानको इन्जिन साधारण मर्मतपछि पुनः उडान सुचारु गर्ने एयर एसियाका अधिकारीहरुले बताएका छन् ।
गत साता एयर एसियाको सोही बिमानको इन्जिनमा खराबी आएपछि बिमानलाई अष्ट्रेलियाको पर्थमा आपतकालिन अवतरण गराइएको थियो ।”
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित