राप्रपाका कारण सरकार अलमलमा

काठमाडौं । सत्तारुढ  दल कांग्रेस सभापति एवंम प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अनिद्रामा तड्पिनुपरेको छ । कारण आगामी असोज २ गते हुने भनिएको स्थानीय तहको निर्वाचन ।

हिन्दूवादी पार्टी राप्रपाका कारण पछिल्लो समय सरकार गम्भिर भएको भएको छ । उसले पछिल्लो समय संशोधनमाथि साथ दिने या नदिने भन्नेबारेमा मौन रहेको सत्तारुढ दल माओवादी केन्द्रका एक नेताले बताए । यदि संशोधन विधेयकमाथि साथ दिएन भने असोज दुइ गते हुने भनिएको निर्वाचन अन्योलमा पर्ने निश्चित छ । उता, सरकारले मधेसवादीहरुको माग पूरा गरेर नै निर्वाचनमा होमिने बताउँदै आएको छ ।

यता, सरकार राजपाका नेताहरुसँग निर्वाचन विषयमा दिनरात नेताहरुसँग गफिने गरेका छन् । तर कुनै निष्कर्ष निस्किएको छैन । सरकारले राजपाको माग जसरीभएपनि सम्बोधन गरिछाड्ने मरिहत्ते गरेपनि त्यो सम्भव हुने स्थितिमा छैन । यसअघि सरकारले अघि बढाएको प्रतिपक्षी दलले त संविधान संशोधन प्रस्तावमाथि संसद अबरुद्ध गर्दै आएको छ भने सत्तारुढ दलभित्र नै यस सम्बन्धि असहमति जनाउनेहरु छन् ।

यसकारण पनि संविधान संशोधन पास गर्न दुई तिहाई मत पुग्ने स्थिति पनि संविधान संशोधन पास गर्न दुई तिहाई मत पुग्ने स्थिति छैन । केही दिनअघि राजपाले हस्ताक्षरसहित दल दर्ता गरेपनि आफ्नो माग पूरा नभएसम्म कुनै निर्वाचनमा नहोमिने बताउँदै आएपनि राजपाका नेताहरु अहिले अलमलमा परेका छन् । किनकी पार्टीका केही नेताहरुले स्थानीय तह दोस्रो चरणको चुनावमा भाग लिएर महत्वपूर्ण जिम्मेवारी सम्हालीसकेका छन् । यससँगै सरकारले केही दिन भित्र नै संविधान संशोधन विधेयक अघि बढाउने तयारी पनि अघि बढाएको छ
त्यसैले संसदमा ५९२ सांसदको बाहुल्यता छ । भने संशोधन पास गर्न ३९५ सांसद चाहिन्छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *