मेरिल्याण्डको बेलायती डिग्रीकोप्रि-युनिभर्सिटी कक्षा सुरु
“
काठमाडौं, असार २५ । बिदेशी विश्वबिद्यालयमा पढ्न विदेश नै जाने बिद्यार्थीहरुको जमात बढिरहेको अहिलेको नेपालको परिवेशमा , बिराटनगरमा भने स्वदेश मै विदेशी विश्वबिद्यालयको डिग्री पाएपछि बिद्यार्थीको पहिलो रोजाइमा मेरिल्याण्ड कलेजको बिजनेस डिग्री परिरहेको छ ।
बेलायतको १८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट को लागि यस बर्ष बिद्यार्थीको आकर्षण बढेको हो । कलेजले बिगत ३ बर्षदेखि उक्त कोर्ष काठमाण्डौ बाहिरबिराटनगरमा पहिलोपटक संचालनमा ल्याएको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर बिबेक दाहालले बताए । बिराटनगर मै विश्वप्रशिद्ध बेलायतको डिग्री आएपछि बिराटनगरका साथैइटहरी , झापा, सिरहा , सप्तरीबाट पनि बिद्यार्थी आएको दाहालको भनाइ छ ।
भारतको फार्बिजगंज , जोग्मनीबाट पनि बिद्यार्थी बिराटनगरस्थित मेरिल्याण्ड कलेज आएको दाहालले बताए । सस्तोमा बिश्व स्तरीय पढाइ बिराटनगरमा नै पाएपछि काठमाण्डौ वा विदेश जाने आफ्नो सोच बदलेर मेरिल्याण्ड आएको कलेजमा नया भर्ना लिएका बिद्यार्थीहरुको भनाइ छ ।
कलेजले नया भर्ना हुदै गरेका बिद्यार्थीका लागि प्रि(युनिभर्सिटी कक्षा संचालन गरिसकेको छ । उक्त कक्षाकामा बिद्यार्थीहरुलाई आइटी , रिसर्च , व्यक्तिव बिकास लगायतका विषयमा प्रशिक्षण दिई युनिभर्सिटी कक्षाका लागि तयार गरिनेदाहालले बताए । यस बर्षपनिकलेजका ३ बिद्यार्थी कलेजको छात्रवृत्तिमा बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटनको १५ दिने भ्रमणमा जाने भएका छन् ।
“