फागु पुर्णिमाः अर्थात, भाइचारा र सद्भावकाे पर्व

वसन्त ऋतुको आगमनसंगै रङ्ग खेलेर उल्लासपुर्ण रुपमा भाेलीबाट क्षेत्रमा होली पर्व मनाइदैछ । भाेली नेपालका पहाडी क्षेत्रमा फागुपुर्णिमा मनार्इन्छ भने, तरार्इमधेशका पर्सी अर्थात सुक्रबार हाेलि पर्व बनाउने प्रचलन छ । यस पर्वलाई मेलमिलाप, आपसी भाईचारा र सद्भावको सन्देश प्रवाह गर्ने विशेष अवसरका रुपमा मनाइन्छ ।

हिन्दू संस्कृतिमा प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन होली मनाइन्छ । फाल्गुण महिनामा पर्ने भएकोले यस पर्वलाई तराईतिर फगुवा भनिन्छ । यो पर्व नेपाल, भारत तथा अन्य हिन्दु संस्कृति मनाउने राष्ट्रहरुमा मनाइने महत्वपूर्ण पर्व हो । होलीका दिन एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हानेर रङ्गिन बनाउने बन्ने गरिन्छ ।

परम्परा अनुसार वसन्तपुरमा विधिपूर्वक चिर ठड्याइएपछि फागु पर्व सुरु हुन्छ । हनुमानढोका दरवारको गद्दि बैठक दक्षिणमा तीनतले चीर ठड्याइन्छ । यसो गरेपछि फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । असत्यमाथि सत्यको विजय भएको मान्यताका साथ प्रतिकात्मक रूपमा चिर उठाउने र एकसातापछि फागु पूर्णिमाका दिन सो चिर ढालिन्छ । पछि त्यसलाई टुँडिखेल पुर्याएर दहन गरिन्छ । चिर ढालिनु अघि अन्तिममा दर्शन र पूजा गर्ने परम्परा रहेको छ । चीर दाहपछि बनेको खरानीलाई प्रसादका रूपमा घर लैजाने चलन छ ।

त्रेतायुगमा हिरण्य कश्यपु नामको दानवका प्रल्हाद नाम गरेका छोरा थिए । उनी भगवान् बिष्णुका भक्त थिए । उनलाई मार्न हिरण्य कस्यपु स्वयंले धेरै प्रयास गरे तर केहीगर्दा पनि नसकेपछि आगोले समेत जलाउन नसक्ने वरदान पाएकी होलिका नाम गरेकी राक्षसनी जो हिरण्य कस्यपुकी बहिनी थिइन, प्रल्हादलाई मार्ने आदेश दिएर पठाए । होलिकाले प्रल्हादलाई काखमा लिएर आगो होमिइन् तर आगोले प्रल्हाद वरु केही भएनन्, होलिका नै जलेर नष्ट भइन् । हिराण्य कश्यपुलाई पनि भगवान विष्णुले पछि नरसिंह अवतार लिएर मारे । यसरी होलिका दहन भएपछि भोलिपल्ट बिहान रङ्ग घोलेर एक अर्का माथि लगाईदिने चलन छ ।

यहि पौराणिक घटनाकी होलिका नामककी राक्षसनीको वध भएको दिनको रुपमा होली खेल्ने चलन सुरु भएको किम्वदन्ती रहेको छ । होलीमा रातो, हरियो, पहेंलो, निलो सहित बाँकी सवै प्रकारका रङ्गको प्रयोग गरिन्छ । रातो टिका लगाएर खुसियाली मनाइन्छ । आजको दिनलाई पर्व विदाका रुपमा सार्वजनिक विदा दिने गरिन्छ । काठमाडौं उपत्यका र पहाडी जिल्लामा पुर्णिमाकै दिन र त्यसको भोलिपल्ट तराईका जिल्लामा होली खेलिने भएकोले त्यहि अनुसार विदा दिने चलन छ ।

अर्कोपौराणिक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाईमार्न स्तनमा बिष दलेर दूध खुवाउन गएकी पुतना नामकी राक्षसनीलाई कृष्णले उल्टै मारिदिएको र पुतनाको भयंकरठुलो शवलाई गोपालवासीहरूले आजैकै दिन जलाएर जयजयकार गर्दै रङ्गहरुको जात्रा गरेकोर खुसियाली मनाएको मानिन्छ । यसरी होली पर्वको वर्णन धेरै धार्मिक ग्रन्थहरुमा गरिएको पाइन्छ । विशेषगरी नारद पुराण र भविष्य पुराणमा होलीको प्राचीनता बारे उल्लेख गरिएको छ ।

होलीको दिन युवायुवतीहरू गीत गाउँदै नाच्दै रङ्ग लगाइ दिएर होली खेल्छन् । यस पर्वमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवा युवती तथा प्रौढहरू समेत हुल बाँधेर एक अर्कालाई रङ्ग लगाउँदै हिड्ने गर्दछन् ।

होलीमा प्रयोग गरिने नीलो रंगलाई धर्मयुद्धको प्रतीक मानिन्छ । त्यसैले नीलो वर्णका श्रीहरि बिष्णुले अधर्म नास गर्न तथा धर्म रक्षाका लागि युग अनुसार अवतार लिंदै आउने धार्मिक विश्वास रहेको छ । पहेंलो रङ्ग श्रीकृष्णको प्रिय रङ्ग हो । रातो रंगलाई भने शक्ति र सौभाग्य सूचक मानिन्छ त्यहि भएर प्रायः देवताहरूलाई रातो रंगका पहिरनमा देखाइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *