अब धरान उपमहानगरको मात्रै अन्तिम नतिजा आउन बाँकी, एमाले पहिलो बन्न सफल

काठमाडौं, असार २६ । स्थानिय तहको दोस्रो चरणको चुनाव अन्र्तगत अब जम्मा एक स्थानको नतिजा आउन बाँकी रहेको छ । झापाको अर्जुनधाराको नतिजा गएराती सार्वजनिक भएपछि अब धरान गरपालिकाको मात्र बाँकी रहेको छ ।

झापाको अर्जुनधारा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । यो सँगै एमालेले दोस्रो चरणमा मात्रै १ सय ५० स्थानमा विजयी हाँसिल गरेको छ । नेपाली कांग्रेसले १ सय २१ स्थानमा जितेको छ । माओवादी केन्द्रले ३८ स्थानिय तह जितेको छ

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हेमराज खरेलले ९ हजार १ सय ६६ मत ल्याउनुभयो । यस्तै उपमेयरमा एमालेकी कमला आचार्य १२ हजार २ सय ८२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसकी सरस्वती सिटौलाले १० हजार ६२ मत पाउनुभयो । झापामा १५ तहमध्ये ७ मा एमाले, ५ मा कांग्रेस र ३ तहमा राप्रपा विजयी भएको छ । यस्तै सुनसरीको धरान उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ । एमालेका मेयर उम्मेदवार तारा सुब्बा १४ हजार ७ सय २० मतसहित अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई कांग्रेसका प्रतिस्पर्धी तिलक राईले ११ हजार ६ सय २० मतसहित पछ्याइरहनु भएको छ । यस्तै उपमेयरमा एमालेकी मन्जु भण्डारीले १४ हजार ९ सय ६४ मत पाउनु भएको छ । कांग्रेसका श्यामा रेग्मीको ११ हजार ७ सय ५३ मत रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *