पानी उमालेर मात्र पिउन चिकित्सकको सुझाव

“काठमाडौं, असार २६ । वर्षायाममा पानीका मुहान दुषित हुने र पानीका मुहानहरुमा फोहोर पस्ने भएकाले उमालेर मात्र पानी पिउन चिकित्सकहरुले सुझाव दिएका छन् । विशेष गरी बर्खाका बेला झाडापखाला, आउँ जस्ता रोग देखिने र त्यसको मुख्य कारण दुषित पानी नै भएकाले सफा पानी उमालेर मात्र पिउनुपर्ने हुन्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन सिधै मुहानबाट ल्याइएको मात्र नभई किनेर ल्याइएको जारको पानी पनि उमालेर मात्र प्रयोग गर्नुपर्ने बताउनुहुन्छ । अस्पतालमा आउने बिरामीहरुलाई हेर्दा हैजा र झाडापखालाका बिरामीको सङ्ख्या बढ्नुको मुख्य कारण दूषित पानी भएकाले पानीमा सचेतता अपनाउनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

काठमाडौंको टेकु अस्पतालका अनुसार काठमाडौंमै झाडापखाला, टाइफाइड, हैजा तथा बान्ता हुने, रुघाखोकीले आउने बिरामी बढेका छन् । उपत्यकामा हैजाको जोखिम सधैँ रहेकोले हैजा, झाडापखालासँगै हेपाटाइटिस ए, टाइफाइडजस्ता सरुवा रोगको पनि यो समयमा बढी खतरा हुने बताइन्छ ।

काठमाडौं, असार २६ । वर्षायाममा पानीका मुहान दुषित हुने र पानीका मुहानहरुमा फोहोर पस्ने भएकाले उमालेर मात्र पानी पिउन चिकित्सकहरुले सुझाव दिएका छन् । विशेष गरी बर्खाका बेला झाडापखाला, आउँ जस्ता रोग देखिने र त्यसको मुख्य कारण दुषित पानी नै भएकाले सफा पानी उमालेर मात्र पिउनुपर्ने हुन्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन सिधै मुहानबाट ल्याइएको मात्र नभई किनेर ल्याइएको जारको पानी पनि उमालेर मात्र प्रयोग गर्नुपर्ने बताउनुहुन्छ । अस्पतालमा आउने बिरामीहरुलाई हेर्दा हैजा र झाडापखालाका बिरामीको सङ्ख्या बढ्नुको मुख्य कारण दूषित पानी भएकाले पानीमा सचेतता अपनाउनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

काठमाडौंको टेकु अस्पतालका अनुसार काठमाडौंमै झाडापखाला, टाइफाइड, हैजा तथा बान्ता हुने, रुघाखोकीले आउने बिरामी बढेका छन् । उपत्यकामा हैजाको जोखिम सधैँ रहेकोले हैजा, झाडापखालासँगै हेपाटाइटिस ए, टाइफाइडजस्ता सरुवा रोगको पनि यो समयमा बढी खतरा हुने बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *