धुलिखेल नगरपालिकाको बजेट: एक घर दुई रुख रोप्ने नीति
“
धुलिखेल । काभे्रको धुलिखेल नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत ‘एक घर दुई रुख’ रोप्ने नीति सार्वजनिक गरेको छ । नगरपालिकाको पहिलो नगरसभामा नगरप्रमुख अशोक ब्याञ्जु श्रेष्ठले हिजो सार्वजनिक गर्नुभएको नीति, कार्यक्रम तथा बजेटमा यस्तो व्यवस्था राखिएको छ ।
प्रमुख श्रेष्ठले नगरको समग्र विकासका लागि पूर्वाधार निर्माणमा प्राथमिकता दिएको उल्लेख गर्दै नगरभित्रका चार फिटभन्दा अग्ला भूकम्पीय दृष्टिले जोखिमयुक्त पर्खाल र कमजोर देखिएका पर्खाल भत्काउन लगाइने पनि बताउनुभयो ।
बजेटमा पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म छ लेनको सडक निर्माण कार्य अगाडि बढाउने, हाल साँगा भञ्ज्याङसम्म सेवा दिइरहेको साझा यातायातलाई धुलिखेलसम्म पुर्याउन पहल गर्नेलगायत पनि उल्लखे छ । नीति, कार्यक्रम तथा बजेटमा समान्यीकरण अनुदानतर्फ रु १७ करोड २२ लाख तथा शर्त अनुदानतर्फ रु १२ करोड ९० लाख रहेको उल्लेख छ ।
“