बैंकविरुद्ध म्यादी प्रहरी विरोधमा उत्रिए
“
नेपालगन्ज असार, २६ । स्थानिय तहको निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीले पुर्ण तलव नपाएको भन्दै विरोधमा उत्रिएका छन् ।
स्थानिय निकायको चुनाव सकेलगत्तै म्यादी प्रहरीको तलव बैंकमा आएपनि बैंकले पुर्ण तलव उपलव्ध नगराउदा उनिहरु विरोधमा उत्रिएका हुन् । राज्यले पुर्ण रुपमा तलव खातामा जम्मा गरेपछि बैंकले १ हजार रकम खाता शुल्क भनेर कम दिएपछि उनिहरु आन्दोलनमा उत्रिएका हुन् । नेपालगन्ज स्थित लक्ष्मी बैंकमा खाता खोलेका म्यादी प्रहरीले रकम लिन जाँदा आफुहरुलाई पुन खाता खोल्ने र सो बापत लाग्ने शुल्क काटेर रकम दिने भनेपछि उनिहरु आक्रोशित भएका हुन् । गर्मीयाममा पनि दुख गरेर कमाएको पैसा बैंकले पुन खाता खोल्न भनेर रकम कम दिएपछि उनिहरु तलव पुर्ण पाउनु पर्ने माग गर्दै आक्रोशमा आएका म्यादी प्रहरी भिम बहादुर विकले बताए ।
जिल्ला प्रहरी कार्यालय बाँकेले लक्ष्मी बैंकमा सम्पुर्णको खाता निशूल्क खोल्ने भनेर जानकारी गराएको विकले बताए । बैंकसंग जिल्ला प्रहरी कार्यालय बाँकेले १ दिनमा एक सय जना भ्यादी प्रहरीलाई तलव बापत रकम दिने भनेर सम्झौता भएको उनिहरुले बताएका छन् । ४४ हजार ६ सय ९८ रकम पाउनु पर्नेमा बैंकले ४४ हजार २ सय २८ रुपैयामात्रा दिने भनेपछि आफुहरुले यसको विरोध गरेको उनिहरुले जनाएका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र लक्ष्मी बैंक संग जिरो रुपैयामा खाता खोल्ने सम्झौता भएको बाँकेका प्रहरी प्रमुख टेक प्रसाद राईले बताए । बाँकेमा ११ सय २३ जना म्यादी प्रहरी कार्यरत रहेका थिए । ११ सय २३ जनाकै जिरो रुपैयामा बैंक खाता खोलिएको थियो एसपी राईले बताए। एकैपटक धेरै जनालाई गाह्रो हुने भएको हुनाले एक दिनमा सय जनालाई सेवा समेत दिने गरि कुरा भएको राईले बताएका छन् । यस्तै लक्ष्मी बैंकले मिनिमम १ हजार बैंकमा खाता राख्नुपर्ने भनेपनि पुरा रकम उपलव्ध गराएको बताएको छ । बैंकले खाता खोले पछि न्यूनतम चार्ज हजार राख्नुपर्ने भनेपनि पछि उनिहरुले पाउनुपर्ने सम्पुर्ण रकम दिएको बैंकका जनकराज ओझाले बताए ।
“