नेपालगञ्जलाई कहिले आर्थिक विकासको हब बनाउँने ?
“
नेपालगन्ज । नेपालगन्जलाई आर्थिक विकासको हव बनाउन जरुरी रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
विशेष आर्थिक विकास समिति काठमाण्डौंको आयोजना तथा नेपालगन्ज उद्योग वाणिज्य संघको सह आयोजनामा भएको अन्तक्रिया कार्यक्रमका सहभागीहरुले नेपालगन्जलाई आर्थिक विकासको हव बनाउन जरुरी रहेको बताएका हुन् । पश्चिम नेपालको औद्योगिक नगरि भनेर चिनिने नेपालगन्जलाई पछिल्लो समय राज्यबाट अपहेलना गरि आर्थिक विकासमा रोक लगाउने कार्य भैरहेको सरोकारवालाहरुले बताएका छन् । नेपालगन्जलाई आर्थिक हव बनाउन तथा राजनीतिक इच्छा शक्ति आवश्यक रहेको माओवादीका नेता अतहर हुसेनले बताए । राजनीतिक इच्छा शक्ति नभएको कारण नेपालगन्जले धेरै कुरा गुमाईरहेको नेता हुसेनले बताए ।
नेपालगन्जमा बिशेष आर्थिक क्षेत्र स्थापना गराउन सरोकारवालाहरुले चासो देखाएका छन् ।
विशेष आर्थिक क्षेत्र स्थापना गर्न उद्योगपतिलाई विशेष जोड दिन आवश्यक रहेको सहभागिहरुले बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले विशेष आर्थिक क्षेत्र स्थापना गर्ने क्रममा चुनौती पनि उत्तिकै रहेको बताए । राज्यको कोषले जग्गा खरिद गरि विशेष आर्थिक क्षेत्र स्थापना गर्न गाह्रो र भ्याउन नसकिने उनले बताए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्शेर राणा, बाँकेका प्रहरी प्रमुख टेक प्रसाद राई, नेपालगन्ज उद्योग वाािणज्य संघका अध्यक्ष नन्दलाल बैश्य, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य कृष्ण श्रेष्ठ, बुद्धिजिवी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
“