फेरी,बेलायती कांग्रेसीहरुको अधिवेशन सर्यौँ
“
काठमाडौं,असार २६ । कांग्रेस निकट नेपाली जनसम्पर्क समिति बेलायतको एकता अधिवेशन सरेको छ । जुलाई २२ मा हुने भनिएको एकता अधिवेशन १७ सेप्टेम्बर का लागि सारिएको हो ।
आइतबार अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा सम्पन्न भएको बैंठकले आगामी १७ सेप्टेम्बरमा अधिवेशन गर्ने निर्णय गरेको हो । बैंठकले नेपाली कांग्रेस केन्द्रसंग परामर्श गरेपश्चात् १७ सेप्टेम्बर आइतबारका दिन अधिवेशन गर्ने निर्णय गरेको उक्त जनसम्पर्क समितिका पदाधिकारी डा. मिन बहादुर गुरुङले जानकारी गराए ।
अधिवेशन तयारी समितिका पदाधिकारीहरु लोक गुरुङ्ग, विज्ञान प्रसाईं र विनोद मोक्तान, निर्वाचन समितिका संयोजक डा। सम्पूर्णानन्द ढुंगाना, योगेन क्षेत्री, शेर सुनार तथा विधान समितिका संयोजक शिवजी श्रेष्ठ लगायत अन्य सदस्यहरु उपस्थिति भई उक्त निर्णण् सार्वजनिक गरेका थिए ।
बैंठकमा निर्वाचन समिति, विधान समिति तथा अधिवेशन तयारी समितिसमक्ष भइरहेको र यसअघि गरिएका कार्यप्रगति र भावी योजनाबारे उपस्थित भएका जनसम्पर्क समितिका पदाधिकारीहरुले आ–आफ्ना जिज्ञासाहरु राखेका थिए । बैंठकमा युवराज गुरुङ्ग र राजकुमार त्रिपाठी, तर्कजंग गुरुङ्ग, डा। मिन रानाभाट, सूर्य नेम्वांग, हितकाजी गुरुङ्ग लगायत अन्य पदाधिकारीहरुले आफ्नो जिज्ञासा राखेका थिए ।
बैंठकमा उपस्थित भएका पदाधिकारीहरुले अब तोकिएको मितिमा अधिवेशन गर्न नसके बेलायतमा रहेको सम्पूर्णं कांग्रेसनिकट समितिहरु भंग मात्र नभई लापत्त हुने बताए । त्यसैले कुनैपनि हालतमा तोकिएको मितिमा जसरी भएपनि अधिवेशन सम्पन्न गर्न उनीहरुले सुझावसमेत दिएका थिए ।
“