‘मिहिनेत गरे हाम्रै धर्तिमा सुन फल्छ’: भिम तामाङ
“
भरतराज शर्मा(गोपाल)
धरान (सुनसरी) फागुन, २७ । तत्कालीन धनकुटा जिल्लाको मुर्तिढुगा गा बि स वडा नं ६ र हालको महालक्ष्मी नगरपािलका ८ मा २०५० साल असोज २६ गते बुवा दुर्गावहादुर तथा आमा रंजीता तामाङको कोखबाट जन्मीनुभएका भीम तामाङ हेर्दा उमेरले २५ बर्ष पनि कटेको छैन ।
ब्यवसहिक क्षेत्रमा छुट्टै प्रतिष्ठा बनाएका तामाङ बैदेशीक राेजगारीका क्रममा बिदेश होमिएर नेपाल समेत फर्कै यति मात्र होईन उनले नेपाल परिवार नियोजन संघ, नेश्लन लाईफ ईन्स्योरेन्स, कम्प्युटर तालिमका प्रशिक्षक भएर दर्जनौ संघ संस्थामा आबद्ध भएर काम समेत गरे ।
हाल तामाङ ८ महिनाको छोटो बैदेशिक बसाईपछि केजी ग्रुप खरायो नेपाल नामक संस्थामा आबद्ध भई सुनसरीको ईटहरी ३ स्थित कल्याणचौकमा खरायो पालन केन्द्र तथा च्याउ खेती सञ्चालनमा ल्याएको छ । सामाजिक क्षेत्रसंगै लामो समय देखि ब्यवसायमा संलग्न तामाङ कुनै पनि कामलाई ठुलो सानो नभनि लगनशीलता तथा मेहनतका साथ लागेमा सफलता पाइने बताउछन् ।
एक सफल व्यवसायीको परिचय बनाएका तामाङसंग पत्रकार भरतराज शर्मा (गोपाल)ले गरेको कुराकानीमा आधारित रही तयार पारिएको सफलताको कथा उनकै भनाईमा प्रस्तुत गरिएको छ ।
मेरो जन्म वि.सं.२०५० साल असाेज २६ गते तत्कालीन धनकुटा जिल्लाको मुर्तिढुगा गाबिस वडा नं ६ र हालको महालक्ष्मी नगरपािलका ८ मा भएको हो । म परिवारमा एक्लो छोरा हु । मेरो प्रारम्भिक शिक्षा धनकुटाकै राम उच्च.मा.बि.मा भएको थियो । उक्त राम उच्च मा बि तत्कालिन समयमा प्लस २ सम्म मात्र पढाई हुने भएका कारणले मैले अन्य कक्षा सम्मको पढाई सुनसरी ईटहरीको जनता मा बिमा पढने अबसर पाए । मैले ब्याचलर पढिसकेपनि नेपालमा जागीर खाने कुरामा अनेक समस्या आउने हुदा केही नगरी बसे ।
एक दुई वर्ष त्यसै बिताए र म फेरी बैदेशीक यात्रामा होमिए त्यँहा मेरो लागी फलदायी भएन र म पुन स्वदेश फर्कै र केजी ग्रुप खरायो नेपाल नामक संस्थामा आबद्ध भए । त्यसपछिका दिनहरुलाई मैलै फर्कैर हेर्नु परेको छैन तामाङले सुनाए । उनले भने त्यति बेला मैले गाउघरमा हरेक काम गर्न खोज्दा समस्या मात्र भएन जिन्दगी नै नचल्ने अबस्था आयो । मैले गर्ने कुनै काम छैन त्यसै हल्लेर बसेको छु।
त्यसै खरायो पालनबाट काम सुरू गरे । काम गर्दै जाँदा मैले पनि काम संगसंगै जाने ब्यावसाय गर्नै अबसर पाए र हामी तीन जना सुन्दर अधिकारी, मेगेन्द्र भण्डारी साथीहरुको सहयोग तथा पार्टनसिपमा हाल आएर खरायोपालन केन्द्र तथा च्याउ उद्योग सञ्चालन गरेका छौ उनले भने जहा १० जना स्थानीय लाई रोजगारीको अवसर समेत जुटेको छ । तामाङले भने १० जना कामदार हामीले राखेका छौ उनीहरुले मासिक १५ हजार रुपैयादेखी २१ ह्जार रुपैयासम्मम कमाउछन् ।
तामाङले आफुहरुलाईै कुनैपनि सरकारी निकायले सहयोग नगरेपनि नजिकै बजारको राम्रो प्रबन्ध भएकाले मासिक करिब ५० देखी ६० हजार बराबरको आफना उत्पादनहरु बिक्रिबितरण गर्ने गरेका छौ । यसमा सम्बन्धीत निकायले हामीलाई सहयोग गरेको भए अझ हामीले स्थानीइलाई स्वरोजगार बनाउन सक्थ्याे ।
तामाङले भने हामी युवाहरुलाई सरकारले लगानी गर्नुर्यो र कृषि गर्ने ब्यक्ति खाजिदिनुपर्याे अहिलेका ब्यक्तिहरु कृषि गर्न मान्दैनन तर कृषिमा सबैथोक छ । नेपालमा दुख गर्न रुचाउने कमै छन यदि दुख गरेर यहि खायौ भने हामी नेपाली पनि सुन्दर नेपाल निर्माण गर्न सक्छौ ।
तामाङले थपे खरायो पालन गर्न सजिलो छ ८० प्रतिशत खरायोले घास खानेहुदा हामै ईटहरीमा घास भएको जमिन प्रशस्तै छ । खरायो सम्बन्धी सम्पुर्ण कुराहरु समाबेश भएको बिषयमा जानकारी मुलक किताब पनि अबको केही समयमा निकाल्ने तयारी तामाङको रहेको छ जसले गर्दा खरायो पाल्ने कृषकहरुलाई लाभदायी हुनेछ ।
मलाई अहिले पनि स्मरण छ, मेहनत गरे ब्यापार एकदम राम्रो हुन्छ हाम्रो बजार भनेको स्थानीय नै हो त्यसैले स्थानीयलाइ प्रोत्साहन गर्नु पर्दछ तामाङले भने । अहिलेसम्म मैलै कामलाई रोक्न सकेन । हामीले हाम्रा उपभोक्ताहरूलाई सम्झाउन पनि सकेनौं । सरकारको नीति पनि त्यस्तो भएन् । अहिले मेरै खरायो तथा च्याउ को कुरा गर्दा ग्राहक धेरै आउँछन् तर सबै जना लाई हामीले पुर्याउनै सक्दैनौ ।
व्यवसाय र घरपरिवारको कुरा गर्दा मेरो परिबारले पनि मलाई साथ दिएका छन् अर्को कुरा हाम्रो देशमै धेरै संभावना छ, हिमाल, पहाड तराई जहाँ पनि संभावनायुक्त छ, यहाँ नै धेरै अवसरहरू छन् । म सबैलाई हाम्रै देशमा केही गरौं भनेर आग्रह गर्छु, मैले बिदेशमा रहेका छोराछोरीलाई पनि आप्नै देश फर्केर आउ भनि बारम्बार भन्ने गर्छु । तर सरकारले पनि नीतिहरू युवाहरूलाई लक्षित गरी रोजगार श्रृजना गर्ने खालको ल्याउनु पर्छ ।
म युवा भाइबहिनीहरू जाे रोजगारीका लागि बाहिर जानुहुन्छ, उहाँहरूलाई के भन्न चाहन्छु भने काम भनेको ठुलो सानो हुदैन, मेहनत लगाव भयो भने सानो कामबाट पनि प्रगति उन्नती गर्न सकिन्छ, हाम्रै धनकुटा तथा सुनसरीमा शुन्यबाट शिखरमा पुगेको उदाहरण धेरै छन् । मिहिनेत गरे हाम्रै देशको धर्तिमा सुन फल्छ ।
हाल तामाङको खरायो पालन केन्द्र तथा च्याउ खेतीमा खरायो र च्याउ किन्नेहरुको उल्लेख्नीय उपस्थिती रहने गरेको छ ।
“