विषालु सर्पले डस्दा कैलालीमा नौ वर्षीय बालकको मृत्यु
मकालु खबर
२०७४ जेठ १५ गते
“
धनगढी, असार २७ । विषालु सर्पले डसेर कैलालीको साबिक गेटा गाविसमा हिजो सोमबार नौ वर्षीय बालकको मृत्यु भएको छ ।
स्थानीयवासी भोजराज ओझाका छोरा चेतराजको मृत्यु भएको हो । राति घरमै सुतेको अवस्थामा गोमन सर्पले उनलाई डसेको बताइएको छ ।
सर्पले डसेपछि सेती अञ्चल अस्पताल पु¥याइएका ओझाको उपचारकै क्रममा सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालका वरिष्ठ अहेव राधाकृष्ण चौधरीले बताउनुभयो । बालक स्थानीय ब्राइट स्टार इङलिस बोर्डिङ स्कुलमा कक्षा पाँचमा अध्ययनरत थिए ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित