विमान दुर्घटनामा परेका घाईतेका लागि नोबेलमा रक्तदान
“
विराटनगर, ५ चैत । गत साता काठमाडौंमा भएको यूएस बंगलाको विमान दुर्घटनामा परेका घाईतेहरुको उपचारका लागि बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा रक्तदान कार्यक्रम गरिएको छ । घाईतेहरुको उपचारका लागि आवश्यक रगत जुटाउन साताब्यापी रक्तदान कार्यक्रम आयोजना गरिएको नोबेल अस्पतालले जनाएको छ ।
गत बिहीबारबाट सुरु भएको रक्तदान कार्यक्रम आगामी बुधबारसम्म चल्नेछ । बिरामीको उपचारमा सहयोगका लागि दैनिक रक्तदान भईरहेको छ । बुधबारसम्म रगत संकलन गरेर आवश्यकता अनुसार घाईतेहरुको उपचार भईरहेका अस्पतालहरुमा पठाईने रक्तसंचार सेवा यूनिट नोबेलका ईन्चार्ज भगवान शाहले जानकारी दिए । उनका अनुसार नोबेलका डाक्टर, विरामीका आफन्त, बिद्यार्थी लगायतले रक्तदान गर्दै आएका छन् ।
यसैवीच विमान दुर्घटनामा मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जलीका नोबेल अस्पतालमा श्रद्धाञ्जली कार्यक्रम पनि गरिएको छ । अस्पतालका चिकित्सक, कर्मचारी, विद्यार्थी लगायतले नोबेल अस्पताल परिसरमा कार्यक्रम गरेर मृतकहरुप्रति श्रद्धाञ्जली ब्यक्त गरेका हुन् ।
माघ २८ गते सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना हुँदा ५१ जनाको मृत्यु हुनुका साथै २२ जना घाईते भएका छन् । घाईतेहरुको राजधानीको नर्भिक, शिक्षण लगायत अस्पतालमा उपचार भईरहेको छ ।
“