कैलालीमा सर्पदंशका विरामी बढदै
“
धनगढी, असार २९ । गर्मि र वर्षायाम को समयमा सर्पको निकै खतरनाक मानिने कैलालीमा सावधानी नअपनाउदा सर्पदंशका विरामी बढदै गएका छन । ३ महिनाको समय मा मात्रै ६६ जना सर्पले टोकेका विरामी अस्पतालमा आएको सेती अञ्चल अस्पताल कैलीली ले जनाएको छ ।
बैशाख महिनामा ८ जनालाई सर्पले टोकेकोमा जेठ महिनामा २८ लाई सर्पले टोकेको छ । बैशाख महिनामा ५ जनालाई सामान्य र ३ जनालाई बिसालु सर्पले टोकेको छ । जेठ महिनामा ११ जनालाई बिसालु र १७ जनालाई सामान्य गरी २८ जनालाई सर्पले टोकेकोमा २ जनाको उपचारको क्रममा मृत्यु समेत भएको छ ।
असारको २५ गते सम्म ३० जनालाई सर्पले टोकेकोमा ९ जनालाई बिसालु र २१ जनालाई अबिसा सर्पले डसेको छ भने २ जनाको बाटोमा ल्याउदै गर्दा र २ जनाको उपचारको क्रममा मृत्यु भएको जनाएको छ । बैशाख देखि असार महिना सम्ममा ६६ जनालाई सर्पले टोकेकोमा ६ जनाको मृत्यु भएको ईमरजैन्सी कक्ष प्रमुख कृष्ण बोहोराले जानकारी दिनुभयो । बैशाख देखी असोज सम्म सर्पको बढी जोखिम हुने गरेको छ ।
सर्पको डसाई बाट बच्न मानिसले घरबाट बाहिर निस्कदा जुता चपलको प्रयोग गर्ने, राति बाहिर निस्कदा टर्चको प्रयोग गर्न बोहोराले सुझावसमेत दिनुभयो । सर्पले टोक्दा घरमा नभई जस्तो सुकै अबस्थामा पनि विरामीलाई अस्पताल ल्याउन चिकित्सक हरुले सुझाव दिएका छन । धेरै किसिमका सर्प हुने भएपनि गगन, आईसल जातका सर्प विषालु हुने गरेको सनेत उनि ले जानकारि दिनु भयो
“