पूर्व प्रधानन्यायाधीश कार्कीले पाउने भइन् राहत
“
काठमाडौं, असार २९ । सत्तारुढ दल नेपाली कांग्रेस र माओवदी केन्द्रले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दायर गरेको महाअभियोग रिटको संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ । यससँगै उनीमाथि लगाइएको महाभियोग खोट हट्नेछ ।
हाल कायमुकायमु प्रधानन्यायाधीश रहेका गोपाल पराजुली र न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले सो विचारीधन रहेको मुद्दा संवैधानिक इजलासमा पठाउने निर्णय गरेको छ । संसदमा दर्ता भएको महाअभियोग फिर्ता भए नभएको जानकारी गराउन पनि खवर गरिसकेको बताइएको छ ।
स्थानीय तह पहिलो चरणको मुखैमा कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग दर्ता गरेका थिए । तर, सो महाभियोग तत्काल अघि नबढाउन न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल एजलासले अन्तरिम आदेश दियो भने प्रतिपक्षी दलले सत्तारुढ दलहरुप्रति खबरदारी गरेको थियो ।
सर्वाेच्चमा फर्किएको केही समयपश्चात् नै उनले उमेर हदका कारण अवकास पाइन् भने दलहरुले पनि आफूहरुले गल्ति गरेको महशुस ठहर गर्दै महाअभियोग प्रस्ताव फिर्ता लिएका थिए । तर, अदालतमा सो मुद्दा विचारधिन रहेको थियो ।
“