कोरिया एकता समाजद्वारा १२ लाख सहयोग प्रदान

विराटनगर, ३० असार । दक्षिण कोरियास्थित डेउ नेपाली एकता समाज (गजेदो)ले कोरियामा कार्यरत रहेका बेलामा मृत्यु भएका एक नेपालीलाई रु १२ लाख सहयोग प्रदान गरेको छ ।

दक्षिण कोरियाको डेउ कम्पनीमा कार्यरत विराटनगर – ३ बस्ने उमेशचन्द्र पौडेलको गत वैशाख २३ गते मृत्यु भएको थियो ।
समाजले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्व पौडेलकी छ वर्षीया छोरी युुनिशा पौडेलको पठनपाठनका लागि रु ११ लाख ६४ हजार ३४८ रकम प्रदान गरेको हो ।

उक्त रकम समाजका सचिव चन्द्र साङहाम्फेले विराटनगरस्थित नेपाल बँैक लिमिटेडमा रकम जम्मा गरी सोको भौचर पौडेलकी श्रीमती सुष्मा विष्ट पौडेललाई हस्तान्तरण गरे ।

सचिव साङहाम्फेले आगामी दिन थप सहयोग उपलब्ध गराउने आश्वासन समेत दिए ।
स्व पौडेलकी श्रीमती पौडेलले समाजद्वारा प्राप्त सहयोगबाट छोरीको अध्ययनका लागि ठूलो राहात मिलेको बताए ।

एकवर्ष अगाडि स्थापना भएको उक्त समाजले यसअघि धुर्मुस सुन्तली फाउन्डेसन र महावीर पुनको विज्ञान केन्द्रलाई पनि सहयोग प्रदान गरेको पत्रकार सम्मेलनमा बताइयो ।

डेउ कम्पनीमा करिब एक हजार नेपाली कार्यरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *