अब,प्रशासनको भवनचाहीँ कहिले बन्छ होला ?

विष्णु जोशी

कैलालि,असार ३० । कैलालीको गेटा मेडिकल कलेजमा गत वैशाख अन्तिम सातादेखि निर्माण कार्य सुरु गरिएका दुई भवनहरुको काम तिव्र रुपमा भईरहेको छ । गत वैशाख २५ गते सिलान्यास गरिएका तीन वटा भवनहरु मध्ये अस्पताल र कलेज भवनको निर्माण कार्यले गति लिईरहेका वेला लामो समयसम्म विवादमा रुमलिएको प्रशासनिक भवनको काम भने अझै सुरु हुन सकेको छैन ।

चैतमा दुई तले कलेज भवनको ५८ करोड १४ लाखमा लुम्बीनी–रमन–केएस जेभीले ठेक्का पाएर वैशाख अन्तिम सातादेखि निर्माण कार्य सुरु गरेको थियो । दुई वर्षभित्रै निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तिव्रता दिईरुहेको निर्माण कम्पनीले भवन निर्माणको सवैभन्दा अप्ठेरो काम सम्पन्न गरिसकेको जानकारी दीएको छ । आगामी वर्षदेखि निर्माण कार्यलाई अझ तिव्रताका साथ अगाडी वढाउने निर्माणको जिम्मा पाएको लुम्बीनी–रमन–केएस जेभीका एक जना सञ्चालक भीमवहादुर पालले बताए र।

यस्तै तीन सय शैयाको अस्पताल भवनको निर्माण कामले पनि गति लिईरहेको छ । निर्माण ठेक्का पाएको शर्मा÷राजेन्द्र÷ कुमार जेभीले वर्षातको समयमा पानीले काम प्रभावित गरिरहेको भएपनि दिन रात निर्माण कार्यलाई अगाडी वढाईरहेको वताए । झण्डै एक अर्व ४ करोडमा दुई वर्षमै अस्पताल भवनको पनि निर्माण सक्ने गरी सम्झौता भएकोले त्यही अनुसार निर्माण कार्यलाई अगाडी वढाउन कुनै अप्ठेरो नगरेको निर्माण कम्पनीको भनाई छ ।

ब प्रशासनिक भवन निर्माण कहिले बन्छ होला भन्दै स्थानीयल गुनासो गर्न छाँडेका छैनन् । २ बर्ष अघि नै ठेक्का स्वीकृत भएपनि हालसम्म काम अघि बढ्न नसकेको प्रशासननीक भवनको काम भने सुस्त गतिमा छ । वातावरण प्रभाव मुल्यांकनको रिपोर्ट नआउदै १३ करोडमा प्रशासनीक भवनको ठेक्का पाएको रविना कन्सट्रक्सनले लामो समयदेखि काम सुरु नगरेको अवस्थामा सो भवनको सिलान्यास भएपछि पनि काम सन्तोषजनक रुपमा गर्न सकेको छैन ।

प्रशासनिक भवनको जग हाल्नका लागि खनिएको खाल्डोमा पानी जमेपछि अहिले काम रोकिएको रविना कन्सट्रक्सनका ईन्जिनियर नवीन भण्डारीले भन्नु भयो। मेडिकल कलेज पुर्वाधार निर्माण विकास समितिले शिालान्यासको समयमा असार सम्ममा झण्डै १५ प्रतिशत निर्माण कार्य सम्पन्न गराउने दावी गरेको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *