अदालतलाई समयले पुगेन, चूडामणि शर्मा आज पनि बाँचे
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, असार ३० । आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणी शर्माले आजको दिन सजिलै कटाएका छन् । उनीविरुद्धको भ्रष्टाचार शुक्रबार पनि अदालतम तर्दा हुन सकेन । समय अभावका कारण शुक्रबार विशेष अदालतमा दर्ता हुन नसकेको अदालले बताएको छ । भोलि सार्वजनिक विदा भएका कारण यो बारे कुनै प्रक्रिया अघि बढ्ने छैन ।
अर्बौ रुपैयाँ भ्रष्टचार गरेको आरोप खेप्दै आएका शर्माले आफूलाई गैरकानुनी ढङगले थुनामा राखेको बताउँदै आएका थिए । दर्ता प्रक्रिया नै अघि नबढेपछि यो विषयमा पनि सुनुवाई हुन सकेन ।
यसैबीच शर्माले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनुवाई पनि हेर्दा हेर्दैमा राखिएको छ । न्यायाधीश प्रकाशमान सिंह राउत र चोलेन्द्र शमसेर जबराको इजलासमा सुनुवाई हुने भनिएको थियो ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित