स्थानीय तहको अधिकार कटौती गर्ने सरकारको कदम मान्य छैनः ओली
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, असार ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई दिएको अधिकार सरकारले कटौती गर्न लागेको भन्दै एमालेलाई यो मान्य नहुने बताउनुभएको छ ।
आज सूर्यविनायक नगरपालिका नगर कार्यपालिकाको प्रथम नगरसभाको उद्घाटन गर्दै ओलीले संविधानले स्थानीय तहलाई दिएको अधिकार सरकारले कटौती गर्न खोज्नु गलत भएको बताउनुभयो ।
अधिकार सम्पन्न स्थानीय निकायले मात्रै आफ्नो गाउँपालिका तथा नगर एवम् समग्र देशको विकासमा सहयोग पु¥याउने भएकाले सबै राजनीतिक दल मिलेर विकासमा अघि बढ्नुको विकल्प नरहेको ओलीको भनाइ छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित