के रे ! ‘हामी एक ढिक्का छौं । कसैले चलाउन सक्दैन’
“
काठमाडौं,असार २ । पार्टी फुुट्न लागेको सुनिन्छ नि ! हो त ? ‘के रे ! हामी एक ढिक्का छौं । हामीलाई फुटाउन खोज्नेहरु आफै फुट्छन् । यो हावादारी गफ हो ।’ राजपाका केन्द्रीय उपाध्यक्ष ओमप्रकाश यादव चिढिन थाले ।
सोमबार राजपाले भैरहवामा पत्रकार सम्मेलन गरी सञ्चारमाध्यमहरुले अफवाह फैलाएको भन्दै पार्टी फुट्न लागेको समाचारप्रति खण्डन मण्डन गरेको हो । आइतबार भैरहवामा राजपाका ‘शिर्ष नेताहरुको बैठक चलेको थियो । त्यसपछि केही सञ्चारमाध्यले पार्टी फुट्न लाग्यो भनेर समाचार सम्प्रेषण गरे ।’ तर
यसबारेमा बैंठक नै चलेको थिएन उनले भने,‘हामी एक ढिक्का नै छौँ । कसैले चलाउन सक्दैन । हामी हाम्रो उद्देश्यप्रति एक पाइला पछाडी हटेका छैनौँ ।’
म आफैपनि बैंठकमा उपस्थित थिए मलाई थाहा हुँदैन कस्ले के बोल्यौँ भन्ने बारेमा उनले भने, हिजो बसको बैंठकमा स्वयं म आफै उपस्थित थिएँ । हामीले पार्टीबारे केही नकारात्मक कुराहरु नै गरेका छैनौँ । हामी मधेसको मुद्धाहरु समाधान कसरी हुन्छ भन्ने विषयमा केन्द्रीत थियौँ ।’ उनले यस्तो अनावश्यक समाचार नफैलाउन आग्रह समेत गरे ।
“