कर्मचारीतन्त्रका कारण कैलालीको डेढ अर्ब रकम फ्रिज

विष्णु जोशी धनगढी । आवश्यक मात्रामा बजेट बिनियोजन नभएको भन्दै सदैब बिरोध भईरहने सुदूरपश्चिमको तराईको जिल्ला कैलालीमा  यस बर्ष झण्डै डेढ अर्ब रकम फ्रिज भएको छ ।
कैलाली जिल्लाको ६ अर्व ४९ करोड विकास बजेट मध्ये ७९ प्रतिशत रकम अर्थात ५ अर्ब १३ करोड मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीले जानकारी दिएको छ ।
कार्यालयका अनुसार कैलालीबाट विकास बजेटका लागि आएको झण्डै १ अर्व ३५ करोड रकम फ्रिज गएको छ । गएको  बर्ष सुदूरपश्चिमका ९ जिल्लाबाट विकास बजेटको अढाई अर्ब रकम फ्रिज भएको थियो ।
कैलालीका ६ ओटा निर्वाचन क्षेत्र मध्ये सबै भन्दा बढी रकम क्षेत्र नम्बर ६ धनगढीमा बिनियोजन भएको थियो । तर, कार्य प्रगतीको हिसाव पल्टाउने हो भने क्षेत्र नम्बर ६ का बिभिन्न योजनाहरुको बजेट सबैभन्दा बढी फ्रिज हुन गरेको  छ । हरेक बर्ष कैलालीबाट विकासे रकमको ठुलो हिस्सा फ्रिज भईहरेकोमा यस बर्ष त्यो तथ्याङक झनै बढेको हो ।
बजेटको ठुलो हिस्सा फ्रिज भएर जानुमा पुर्व मन्त्री तथा कैलाली क्षेत्र नम्बर ४ का सांसद गौरीशंकर थारुले कर्मचारीतन्त्रलाई दोषी ठानेका छन् । सयौ पटक माग गर्दा समेत कर्मचारीहरुले कामको सुरुवात नै नगरीदिने परम्परा रहने भएका कारण समस्या आएको पुर्वमन्त्री समेत रहेका गौरी शकंर चौधरी थारुको भनाई छ । ‘बजेट अनुसार काम गरिदिनुप¥यो भनेर बारम्बार भन्दा पनि कर्मचारीले सहयोग गर्दैनन् ।’ उनले भने ।
कर्मचारी, ठेकेदार तथा उपभोक्ताको लापरबाही र बजेट ढिलो निकासाका कारण आएको रकम खर्च हुन नसक्ने गरेको सरोकारवालाले बताउँदै आएका छन् । तर अघिल्लो बर्ष सरकारले डेढ महिना अघि बजेट ल्याएर बजेटको अख्तियारी समेत समयमै दिएको थियो । यसका बावजुद पनि  फ्रिजमा जाने बजेटमा कमी आउनुको साटो तथ्याङक झन बढेको छ ।
सरकारले डेढ महिना अघि बजेट ल्याएपनि उपभोक्ता समितिको लापवार्ही, बिचमा परेको चुनाव र भंग भएको जिल्ला विकास समितिका कारण पनि बजेट कार्यान्वयनमा कमजोरी देखिएको पुर्वमन्त्री रामजनम चौधरीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *