मोटरसाईकल दुर्घटनामा तीनजनाको मृत्यु

कात्तिक १६, दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा बुधबार राति मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिएर पल्टिँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकलमा सवार दुईजना र एक जना पैदलयात्री छन् ।

काठमाडौँबाट पोखरा आउँदै गरेको वा३८प ५९७५ नं को मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिएर पल्टँदा मोटरसाइकलका चालक भक्तपुर कैलाशपुर बस्ने २० वर्षीय निकेष सिंह र सोही ठाउँका मोटरसाइकल पछाडि बस्ने १९ वर्षीय सवीन अधिकारी तथा पैदल यात्रु गोरखाको पालुङ्टार नपा–१ च्याङ्लिङ बस्ने ६० वर्षीया नानुमाया राना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तीनैजनाको उपचारका क्रममा मृत्यु भएको थियो । पैदल यात्रु नानुमाया र मोटरसाइकलको पछाडि सवार सवीनको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको र अर्का मृतक निकेषको शव ल्याउने तयारी भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *