१४ वर्षे बालक रक्त क्यान्सरको शिकार, पत्रकार माझीद्वारा सहयोगको याचना
मकालु खबर
२०७४ जेठ १५ गते
मंसिर ११, लहान । आफ्नो एक्लो छोरा गणेशकुमार माझी गम्भीर बिरामी परेको भन्दै सप्तरीका एक सञ्चारकर्मीले उपचारका लागि सहयोगको याचना गरेका छन् ।
राजविराजबाट प्रकाशित छिन्नमस्ता साप्ताहिकका प्रकाशक तथा सह–सम्पादक कमानन्द माझीले आफ्ना १४ वर्षीय छोरा गणेश रक्त क्यान्सरवाट पीडित भएको भन्दै सहयोगका लागि सबैसँग याचना गरेका हुन् ।
जनता मावी खुरहुरीयामा कक्षा १० मा अध्ययनरत गणेश हाल भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा रहेको र आफनो क्षमताले भ्याएसम्म खर्च गर्दा उपचार खर्च नपुगेकाले थप रकम जुटाउनका लागि उहाँले आग्रह गरेका हुन् ।
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित