नेपाल च्याम्पियन्स शारिरीक सुगठन प्रतियोगिता धरानमा हुने
“
धरान, ३ साउन । एलाईनेट जीमको आयोजनामा प्रथम नेपाल च्याम्पियन खुल्ला राष्ट्रिय शारिरीक सुगठन प्रतियोगीता सुनसरीको धरानमा हुने भएको छ । सोमबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी भदौ २७ र २८ गते धरानको भानुचौकमा सो प्रतियोगीता आयोजना गर्न लागेको आयोजकले जानकारी दिए ।
प्रतियोगीताको पहिलो दिन प्रि जजीङमा ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी माथीको तौल गरी छ वटा इभेन्टमा प्रि जजिङ राउण्ड सम्पन्न हुनेछ । भने, दोश्रो दिन सोही तौल समुहमा फाईनल च्याम्पियनसिपको प्रतिष्पर्धा गराईनेछ ।
प्रतियोगिताका संयोजक क्लबका अध्यक्ष विक्रम लिम्बुका अनुसार प्रत्येक तौलका विजेतालाई अन्तिम प्रतिस्पर्धा (ओभरअल) गराई विजेता घोषणा गरिने छ । प्रतियोगितामा प्रत्येक तौलमा पनि विजेता घोषणा गरीने छ ।
प्रथम संस्करणको प्रतियोगीतामा देशभरीका ३० जना खेलाडीहरुको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ सहित ट्रफी पाउने छ भने दोश्रोले ५० हजार, तेश्रोले ४० हजार, चौथोले ३० हजार तथा पाँचौले २५ हजार नगद पुरस्कार पाउनेछन् । त्यसैगरी प्रत्येक तौल विजेतालाई नगद ५ हजार प्रदान गरिने छ ।
“