उपमहानगरपालिकाले दोब्बर कर बढाएपछि ब्यबसायीहरु मारमा

विष्णु जोशी
कैलाली, साउन ४ । धनगढी उपमहानगरपालिकाले नयाँ आर्थिक वर्षमा नगर क्षेत्रभित्र रहेका ठेला ब्यबसायको कर दोब्बरले बृद्धि गर्ने जनाएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा प्रत्येक ठेलाव्यवसायी बाट दैनिक १० रुपैयाँ उठाउँदै आएको थियो उपमहानगरपालिकाले चालु अर्थिक वर्ष ०७४÷०७५ मा बढाएर २० रुपैयाँ र्पुयाएको छ।

घरपरिवार चलाउन दैनिक दुख कष्ट खाएर ब्यापार गर्दै आइरहेका साना व्यवसायीहरुले भने उपमहानगरपालिकाले बढाएको करले ब्यापार व्यवसाय नै जोखीम मा पर्ने भन्दै कर नबढाउन समेत अनुरोध गरिरहेका छन् । उपमहानगरपालिकाले दोब्बरले कर बढाएपछि ब्यबसायीहरुले कर बृद्धि निर्णय फिर्ता लिन माग गरिरहेका छन् ।

उपमहानगरपालिकाले नगरक्षेत्र भित्र रहेका ठेला ब्यबसायहरुबाट कर उठाउने जिम्मा धनतारा निमार्ण सेवालाई हस्तानतरणछ गरेको छ । गत आर्थिक वर्षमा वार्षिक ५ लाख ८० हजारमा ठेक्का पाएको उक्त निर्माण कम्पनीले दैनिक १० रुपैयाँ उठाउने गरेकोमा चालु आर्थिक बर्षमा ठेक्का रकम समेत दोब्बर बनाई ११ लाख २ हजारमा ठेक्का पाएको उक्त निर्माण कम्पनीले दैनिक २० रुपैयाँका दरले कर उठाउने गरेको कम्पनीका धनबहादुर विकले जानकारी दिए ।

धनगढी उपमहानगरपालिकाका आन्तरिक लेखापरिक्षक लेखनाथ ओझाले राजनीतिक दलका संयन्त्र लगायत कर निर्धारण समितिले कर निर्धारण गरेर करको दायरा बढाएको उनको भनाई छ । ओझाले उपमहानगरपालिकाले निर्धारण गरेको कर वैज्ञानिक भएको दावीसमेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *