एमाले सत्ता समिकरणमा नभई निर्वाचनमा केन्द्रत रहेको सचिव ज्ञवालीको भनाइ

बैतडी, साउन ४ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेकपा एमाले सत्ता समिकरणमा नभई निर्वाचनमा केन्द्रीत रहेको बताउनुभएको छ । दुई चार मन्त्रालयको लोभमा सत्ता समिकरण नभई देश र जनताको चाहाना अनुसार निर्वाचनका गतीविधिमा एमालेको ध्यान रहेको उहाँको भनाई छ ।

प्रेस चौतारी नेपालले बैतडीमा गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले अन्य दलहरु सत्ता गठवन्धनमा व्यस्त भएपनि जनताको भावना अनुसार नेकपा एमाले निर्वाचनलाई सम्पन्न गर्नतर्फ लागिरहेको स्पष्ट पार्नुभयो । अहिले निर्वाचन महत्वपुर्ण भएकाले संविधान संसोधन लगायतका काममा लाग्न नहुने उहाँको भनाई छ ।

संविधान गतीसिल दस्तावेज भएपनि जनतामा चाहाना विपरित कुनै एक दलको चाहानामा संसोधन नहुने उहाँको भनाई छ । संविधानको निर्णायक शक्तिसंग कुनै सहकार्य नगरी ल्याईको संविधान संसोधन कुनै हालतमा पनि हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो । कार्यकर्ता भेटघाटका लागि बैतडी पुग्नुभएका एमाले सचिव ज्ञवालीले काग्रेस र माओवादी गठवन्दन अझै पनि चुनाव देखेर डराईरहेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *