म्याग्दी: पदमबहादुर कार्कीले एउटै बोटमा फलाए चौध किलोको काउली
मकालु खबर
२०७४ जेठ १५ गते
म्याग्दी, माघ २४ । म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवतीका एक कृषकले एउटै बोटमा साढे चौध किलोग्राम तौल भएको काउली फलाएका छन् ।
साबिक भगवती–७, घट्टका पदमबहादुर कार्कीले चौध किलो ५०० ग्राम तौल भएको काउली फलाउनुभएको हो ।
कार्कीले उत्पादन गरेको काउली मंगलबार तौलीँदा उक्त तौल भएको पाइएको स्थानीयवासी दलबहादुर कार्कीले बताउनुभयो ।
कार्कीले व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले उत्पादन गरेको तरकारी भगवतीमै खपत हुने गरेको छ । उहाँले मिहेनत र पौरख गर्न सकेमा कृषि पेशामा राम्रो सम्भावना भएको सन्देश प्रवाह गराउन सफल भएको वडा अध्यक्ष रिम कटुवालले बताउनुभयो ।
भगवतीका कृषकलाई समेटेर व्यावसायिक बनाउन र उत्पादनको बजारीकरणका लागि वडाले सहयोग गर्ने सोच बनाएको अध्यक्ष कटुवालले बताउनुभयो ।
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित