अपाङगहरुका लागि २५ दिने सांकेतिक भाषा पुर्नताजकी तालिम संचालन

लाेकेन्द्र थापा

राष्ट्रिय अपाङग महासंघ नेपालको आयोजना तथा जिल्ला सम्मन्वय समिति बाँकेको सहयोगमा २५ दिने सांकेतिक भाषा पुर्नताजकी तालिम संचालन भैरहेको हो । अपाङगता भएका व्यक्तिहरुको गुणस्तरिय सेवामा पहुँचको लागि आयोजित तालिममा बाँकेका शिक्षक, पत्रकार र विभिन्न संघसंस्थामा व्यक्तित्वहरुको सहभागिता रहेको छ ।

अपाङगता भएका व्यक्तिहरुको हकहित संरक्षण तथा सम्बद्र्धनका साथै राज्यको निती निर्माण गर्ने गराउने तहमा अपाङगता भएका व्यक्तिहरुको समावेशिकरण सहज पहुँच बनाउनका लागि यस्तो खालको तालिम आवश्यक रहेको
महासंघका कार्यक्रम स.योजक उमा चौधरीले बताउनुभयो ।
अपाङगता भएका व्यक्तिहरुको अधिकारको लागि राष्ट्रिय अपाङग महासंघले विभिन्न खालका गतिविधि तथा अपाङगता भएका व्यक्तिहरुको हकहितका लागि काम गर्दै आएको महासंघका कार्यक्रम संयोजक चौधरीले बताउनुभयो । २५ दिने सांकेतिक भाषा तालिमको प्रशिक्षण स्मिता पोखरेल (कर्ण) ले गरिरहनु भएको छ । तालिम असार १३ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *