हेर्नुस् त,यी भ्रष्टले राष्ट्रिय बिमा संस्थानलाई लछार पछार गरेको

काठमाडौं, मंसिर २७ । कुनै सार्वजानिक संस्थानमा महाप्रवन्धक/अध्यक्षको पद खाली भयो कि एक जना विवादास्पद व्यक्ति दरखास्त बोकेर पुगिहाल्छन् । भद्रकालीमा रहेको खाद्य सस्थानमा चार वर्षसम्म महाप्रवन्धक रहँदा अयोग्य ठहरिएका र भ्रष्टचारमा डामिएर मन्त्रालयमा तानिएका उनी फेरि सार्वजानिक संस्थानको प्रमुख हत्याउने खेलमा सक्रिय छन् । भ्रष्टाचार काण्डमा मुछिएपछि यस अगाडिका मन्त्रीहरु सुनिल थापा,दीपक बोहरा,जयन्त चन्दहरुको आर्शिवाद पाएर चोखिएका उनी शिवलाल मण्डललाई रिजाएर पुन खाद्य संस्थानमै फर्किएका थिए र त्यहीँबाट निवृत्त भए । गत साउन २० गते खाद्य संस्थान प्रमुख विहीन छ । र, अहिले मन्त्रालयले आपुर्ती व्यवस्था विभागका डिजी कुमार प्रसाद दाहाललाई खाद्य संस्थान समेत हेर्ने गरी दोहोरो जिम्मेवारी दिएर राखिएको छ ।

 

यो बीचमा गत भदौमा खाद्य संस्थानले महाप्रवन्धकका लागि आवेदन आह्वान ग¥र्यो । सो समयमा दरखास्त आह्वान गर्नेमा प्युठानका बहालवाला सिडिओ कृष्णबहादुर घिमिरेदेखि,सिचाईं मन्त्रालयका ईञ्जिनियर भगवान झा र ०७१ सालमा कार्यसम्पादन मूल्यांकन कमजोर भएको ठहर गर्दै मन्त्रालयले कारबाहीका लागि अर्थ मन्त्रालयलाई सिफारिस गरेका उनै असक्षम पात्र शिवहरि श्रेष्ठ समेत थिए ।

श्रेष्ठ महाप्रवन्धक रहँदा कार्य सम्पादनको मूल्यांकन सञ्चालक समितिको सदस्य देवीप्रसाद वरालको संयोजकत्वमा केशवप्रसाद प्रसाई र अर्जुनकुमार खड्कासहितको तीन सदस्यीय महाप्रबन्धक कार्य सम्पादन समिति गठन गर्दा उनी असक्षम ठहरिएका थिए । उनै व्यक्ति खाद्य संस्थानमा मात्र होइन अहिले आवेदन बोकेर राष्ट्रिय बीमा संस्थानको प्रशासक बन्ने दौडमा लागेका छन् । बीमाका प्रशासक अश्विनीकुमार ठाकुरको म्याद सकिएको केही महिनापश्चात अर्थ मन्त्रालयले विज्ञापन गरेपछि जम्मा १० जनाले उम्मेदवारका रुपमा निवेदन हालेको खबर छ । संस्थान स्रोतका अनुसार त्यहाँ दरखास्त दिनेमा गणेशराज कार्की , दामोदर सापकोटा, राजेन्द्रजंग कार्की, डा। शिवहरी श्रेष्ठहरु अहिले बीमा संस्थानको प्रशासक पद हत्याउन ब्रिफकेस बोकेर दौडधुप सुरु गरेका छन ।

यो दौडमा सबैभन्दा अगाडि देखिएका छन उनै श्रेष्ठ । स्रोतका अनुसार डोटी जिल्ला निवासी श्रेष्ठ आरजु देउवा मार्फत वीमा संस्थानको प्रमुख पद हत्याउने खेलमा लागेका छन । स्रोत भन्छ आरजुले ३ करोडमा खरिद गरेको धनगढीस्थित बंगलामा समेत उनको लगानी रहेको चर्चा कांग्रेसीहरुले गर्न थालेका छन् । चोभार घर भएका र त्यहीका दशौं तहका राजेन्द्र कार्की थरको साइनो जोडेर ज्ञानेन्द्र बहादुर कार्कीमार्फत प्रशासकबन्ने खेलमा लागेका छन् । उनीजस्तै दामोदर सापकोटासमेत ५० लाखसम्म लगानी गर्न तयार रहेको चर्चा अर्थमन्त्रालयका कर्मचारीहरुले गर्न थालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *