छिटो र सहज न्याय दिलाउन प्रतिबद्ध छु : प्रधानन्यायाधीश पराजुली

ललिपुर, साउन ६ । प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायालयलाई जनताप्रति जवाफदेही बनाउनका लागि छिटो र सहज न्याय दिलाउन आफू प्रतिबद्ध रहेको बताएका छन् । ललितपुर बार एसोसिएसनले शुक्रबार आफूलाई स्वागत तथा बधाइ दिन आयोजना गरेको कार्यक्रममा उनले आफ्नो कार्यकालमा आफूले न्यायमा नागरिकको पहुँच बढाउन प्रयास गरिने बताउँदै न्यायालयप्रति नागरिकलाई विश्वास बढाउन र तल्लो वर्गसम्म न्याय पुर्‍याउनका लागि आफूले कार्ययोजनानुसार काम गर्ने विश्वास दिलाए ।

कार्यक्रममा महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले न्यायालयमा भएका विकृति(विसंगति हटाइ यसको सुधार गर्नमा वर्तमान प्रधानन्यायाधीशको भूमिका हुनेमा आफू आशावादी रहेको बताए । ललितपुर बारका अध्यक्ष प्रकाश महर्जनले न्यायालयको सुधार गर्नका लागि कुल बजेटको कम्तीमा एक प्रतिशत बजेट छुट्याउन नीतिगतरुपमा पहल गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *