चुनाव सकिएको डेढ महिनापछि काँग्रेसले बोलायो ‘समीक्षा बैठक’

काठमाडौं, माघ २ । चुनावपछि काँग्रेसले पहिलो पटक केन्द्रीय कार्यसमिति वैठक बोलाएको छ । पार्टीभित्र केही नेताहरुले चुनावी समीक्षाका लागि केन्द्रीय कार्यसमिति वैठक, महासमिति वैठक र महाधिवेशन बोलाउन माग गरिरहेका बेला काँग्रेसले केन्द्रीय कार्यसमिति वैठक आव्हान गरेको हो ।

वैठक विहिवार विहान ११ बजे प्रधानमन्त्रीको निजि निवास बालुवाटारमा बस्नेछ ।

काँग्रेस प्रवत्ता विश्वप्रकाश शर्माले वैठकमा तत्काल राष्ट्रियसभा निर्वाचनमा केन्द्रित हुने र त्यसपछि चुनावमा भएको पराजयको समीक्षा हुने बताएका छन् ।

प्रदेश र प्रतिनिधिसभा चुनावमा पराजय व्यहोरेपछि लगतै नेताहरुले बैठक माग गर्दै आएका थिए । तर, प्रधानमन्त्री समेत रहेका सभापति देउवाले शीर्ष नेताहरुसँग मात्र परामर्श गर्दै आएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *