प्रदेश र संघको निर्वाचन मिति छिट्टै घोषणा हुने प्रधानमन्त्रीको भनाई
“
काठमाडौं, साउन ६ । कप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीनै तहका निर्वाचन अपरिहार्य रहेको बताउँदै प्रदेश र सघंको निर्वाचन मिति छिट्टै घोषणा हुने बताउनुभएको छ ।
बिपी कोइरालाको ३५औँ स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाजले आज गरेको कार्यक्रममा उहाँले संविधानले निर्धारण गरेको समय सीमाभित्रै सबै निर्वाचन सम्पन्न गर्नुपर्ने आवश्यकता आँैल्याउनुभयो । तेस्रो चरणको निर्वाचन आगामी असोज २ गते नै हुने भन्दै उहाँले प्रदेश र संघको निर्वाचनको तयारीका लागि निर्वाचन क्षेत्र निर्धारण आयोग पनि गठन भैसकेको जानकारी दिनुभयो ।
निर्धारित समयमा तीनै तहका निर्वाचन सम्पन्न भएमा मात्र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व हुने उहाँको धारणा थियो । प्रधानमन्त्री देउवाले काँग्रेस देशको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी भएकाले लोकतन्त्रमा रुपान्तरित हुन बाँकी अन्य पार्टीलाई पनि रुपान्तरित गर्नु काँगे्रसको जिम्मेवारी रहेको बताउनुभयो ।
“