पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहानैदेखि अवरुद्ध

काठमाडौं, साउन ७ । अविरल वर्षापछि झरेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहानैदेखि अवरुद्ध बनेको छ ।

यो सडकखण्डको जलविरे र ऋद्धिखोलामा बिहान साढे ४ बजे पहिरो खसेको र सोही कारण सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो खसेपछि सवारी साधन सवारी बिचबाटोमै रोकिएका छन् । पहिरो पन्छाएर सवारी साधन सञ्चालनका लागि प्रयास भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *