प्रधानमन्त्री कार्यालयबाट सडक निर्माणको अनुगमन

काठमाडौं, साउन ७ । सरकारले काठमाडौँ उपत्यकाको सडक निर्माण कार्यको अनुगमनलाई तीव्रता दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले यही साउन १ गते १५ दिनभित्र उपत्यकाका खाल्डाखुल्डी पुर्न निर्देशन दिनुभएपछि सोही अनुरुप काम भए नभएको भनी अनुगमन तीव्र पारिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव चन्द्र घिमिरे, खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम उपाध्याय लगायतको सरकारी टोलीले गएराती १० बजे चाबहिल बौद्ध सडकखण्ड निर्माणको अनुगमन गरेको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव घिमिरेलेका अनुसार सर्वसाधारणलाई सुविधा हुने गरी सडक निर्माण गर्न भएको सरकारको निर्देशनअनुसार काम भए नभए बारे अनुगमन भैरहेको हो । सरकारको निर्देशन अनुुसार समयमा नै काम सम्पन्न हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *