कार्यकारी प्रमुखलाई मुख्य एजेण्डा बनाउने प्रचण्डको प्रस्ताव

काठमाडौं, साउन ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई मुख्य एजेण्डा बनाउने प्रस्ताव राख्नुभएको छ ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा चुनावी समिक्षाका क्रममा अध्यक्ष प्रचण्डले अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि दलहरुसँग सम्बाद गर्ने बताउनुभयो ।

दलहरुले पाएको मतका आधारमा राज्यले निश्चित चुनाव गर्न दिने गरी ऐन कानुन बनाउन पहल गर्ने उहाँको भनाई थियो । बैठकमा प्रचण्डले सबै माओवादीहरुलाई पार्टी एकतामा आउन अपील गर्ने प्रस्ताव पनि राख्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *