लोकतन्त्रमा सिंहदरबारको गेटभित्र छिर्न पाइदैन ?
“
काठमाडौं, साउन ८ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले साना पार्टीहरुलाई सरकारले सिंहदरबारको गेटबाट भित्र छिर्न नदिएको आरोप लगाएका छन् । सरकारले थ्रेस होल्ड नीति बनाएर साना पार्टीलाई बिचल्लीमा पारेको बताए ।
‘लोकतन्त्रमा यस्तो गर्न पाइन्छ ? अचानक थ्रेस होल्ड नीति बनाएर सिंहदरबारको गेटसम्म जान नदिने कानुन कसैलाई मान्य हुदैन ।’ उनले भने,‘ यो साना पार्टीलाई पन्छाउने षड्यन्त्र भएको छ । ।’ यसअघि उनले भने निर्वाचन गर्न सरकारले लापर्बाही गरिरहेको छ ।
प्रगतिशील पत्रकार संघ रुपन्देहीले आयोजना गरेको सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष केसीले थ्रेसहोल्डको पूर्ण रुपमा अस्विकार गरिने बताए । यससँगै उनले ०७४ माघ ७ भित्र तीन तहको चुनाव नभए ७० बर्षको उपलब्धि गुम्ने सुझावसमेत दिए ।
केसीले संसदमा विचाराधीन रहेको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा सफल पार्न नदिने चेतावनी दिए । साथै, तराई र पहाड अलग गराउने गरी संशोधन प्रस्ताव ल्याइएको भन्दै देशलाई विखण्डन गर्न कसैको अधिकार नरहेको बताए । त्यसैले सबैभन्दा पहिलो कुरा संविधान कार्यन्वयन हो । उनले भने ।
“