प्रशासनको अनुमतिपछि दरबारमार्गमा पुनम पाण्डेकाे प्रस्तुति हुँदै
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, असार ३१। विश्वकप फुटबल प्रतियोगिताको फाइनल खेलअघि विशेष प्रस्तुतिका लागि आएकी भारतीय अभिनेत्री पुनम पाण्डे अन्तत दरबारमार्गको कार्यक्रममा सहभागी हुन पाउने भएकी छन् ।
दरबारमार्गको डेजाभू नाइट क्लबमा उनको प्रस्तुतिका लागि जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ ।
आइतबार साँझ पाण्डे सहभागी हुने कार्यक्रमका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएपछि डेजाभूमा कार्यक्रम हुने भएको हो ।
उनलार्इ डेजाभूले नेपाली फ्यानहरूसँग आफ्नो नृत्य देखाउँदै विश्वकपको फाइनल हेर्न क्लबले निम्त्याएको थियो ।
तर, प्रशासनको अनुमतिबिनै प्रहरीलार्इ समेत झुक्याएर कार्यक्रम गर्न खोजेपछि प्रहरीले डेजाभूमा निगरानी बढाएको थियो ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित