डा केसी ११ औं आमरण अनसनमा, ऐक्यवद्धता जनाउँदै आज चिकित्सकहरुले दवाव दिने

काठमाडौं, साउन १० । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा.डा. गोविन्द केसीको आमरण अनसन सुरु भएको छ । हिजो सुरु भएको आमरण असनमा ऐक्यवद्धता जनाउँदै आज चिकित्सकहरुले दवाव दिने भएका छन् ।

त्रिवि शिक्षण अस्पताल हाताभित्र ११औं पटक आमरण अनशन सुरु गरेका छन् । डा. केसीले यसअघिका अनशनमा सरकारले गरेका लिखित सहमति कार्यान्वयन नभएको र ‘अरू धेरै गडबडी सिर्जना गरेकाले अनशन बस्न बाध्य भएको बताउनु भएको छ ।

सरकारलाई आफ्ना माग पूरा गर्न दिएको एक साताको समयसीमा सकिएकै दिन अनशन थाल्नु भएको हो । १०औं अनशनपछि पनि स्वास्थ्य क्षेत्र र चिकित्सा शिक्षा सुधारका ठोस माग राखेर बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएका डा. केसीले पछिल्लो पटक आफ्ना माग पूरा गर्न सरकारलाई असार ३१ सम्मको समयसीमा दिनुभएको थियो । ११औं अनसनमा पनि उही पुरानो माग राख्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *