सरकारी नीति परिवर्तन गर्न जरुरी

जेठ २०, बाँके । सञ्चार गृह सक्षम नभएसम्म सञ्चारकर्मिहरु सक्षम हुन नसक्ने बाँकेका सञ्चार उद्यमीहरुले बताएका छन् ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ बाँकेको समन्वयमा आयोजित श्रमजिबी पत्रकार सम्बन्धी ऐन कार्यान्वयनको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले सञ्चार गृहहरुलाई सक्षम बनाईराख्नका लागी विज्ञापनमा देखिएको अस्वस्थ प्रतिस्पर्धासँगै सरकारी नीति परिवर्तन गर्न जरुरी रहेको बताए ।

उनले योग्यसञ्चारकर्मिको अभावमा न्यूनतम पारिश्रमिक कतिपए सञ्चार गृहमा लागु नभएको बताउँदै सञ्चार गृहसँँगै सञ्चारकर्मिहरुलाई पनि गुणात्मक रूपमा सक्षम गराउन जरुरी रहेको जिकिर गरे । नेपाल सरकारले लागु गरेको न्यूनतम पारिश्रमिक लागु गराउनका लागी आफूहरू लागि परेपनि नियुक्तिपत्र बिना नै काम गर्ने सञ्चारकर्मिका कारण न्यूनतम पारिश्रमिक दिलाउन समस्या भएको उनको धारणा थियो । कार्यक्रममा बोल्दै सामुदायिक रेडियो प्रसारक सङ्घका पूर्व लेखा समिति संयोजक तथा रेडियो कृष्णशार एफएमका स्टेसन प्रमुख तुला अधिकारीले आफू न्यूनतम नभएर अधिककतम सेवा सुविधा दिन तैयार भए पनि योग्य र सक्षम व्यक्तिको अभाव रहेको उल्लेख गरे। कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य प्रेम केसी, पत्रकार महासङ्घ बाँकेका निर्बतमान अध्यक्ष रुद्र सुबेदी, प्रेस सेन्टरका अध्यक्ष डक्ट धिताल, साप्ताहिक पाक्षिक सञ्जाल बाँके अध्यक्ष अक्षरी पोख्रेल, पत्रकार महासङ्घ बाँकेका उपाध्यक्ष रुपा गहतराज लगाएतले आफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *