भ्रम र झुटको खेती नगर्न दलाई लामालाई आग्रह

२०७४ जेठ १५ गते

काठमाडौं, मंसिर ८ । धर्मोदय सभाले भारतमा निर्वासन जीवन बिताइरहेका धर्मगुरु दलाई लामालाई भ्रम र झुटको खेती नगर्न आग्रह गरेको छ । सभाले आज विज्ञप्ति जारी गरी लामा जस्ता धार्मिक व्यक्तित्वले गौतमबुद्ध भारतमा जन्मिएका हुन् भन्ने अभिव्यक्ति दिनु आपत्तिजनक भएको जनाएको छ ।
संयुक्त राष्ट्र संघसमेतले बुद्ध नेपालमा जन्मिएका भनी यथार्थ मान्दै विश्व सम्पदा सूचीमा राखिसकेको तथ्य थाहा नपाए जस्तो गरी लामाबाट गौतमबुद्ध भारतमा जन्मिएका हुन् भनिनुले आफूहरुलाई दुखित बनाएको विज्ञप्तिमा उल्लेख छ।
युट्युवमा उपलब्ध भिडियोमा दलाइ लामाले बुद्ध नेपालमा जन्मेको नभइ पूर्वी एसिया क्षेत्रकै भनेर बोलेका छन्।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित