मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला समावेश गर्न माग

काठमाडौं, साउन ९ । नेपाल महिला संघले छिट्टै विस्तार हुन लागेको मन्त्रिपरिषदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गर्न माग गरेको छ । संघले आज पत्रकार सम्मेलन गरेर मन्त्रीपरिषदमा ३३ प्रतिशत महिला सुनिश्चितताको माग गरेको हो ।

संघका अध्यक्ष उमा रेग्मीले संविधानमा व्यवस्था भएअनुसार मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गर्न सरकार समक्ष आग्रह गर्नुभएको हो । उहाँले महिला आन्दोलनका कारण मुलुकमा संविधान निर्माण भएको भन्दै महिलाका लागि संविधानले तोकेअनुसारको अधिकार पाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *